रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सांगीतिक माहोलमा शिक्षक आन्दोलन : कोही जादू देखाउँदै, कोही नाचगान

[sharethis-inline-buttons]

२७ चैत, काठमाडौं । दिउँसोको टन्टलापुर घाम । त्यही घाममा रातो टोपी लगाएर कोही मादल बजाइरहेका छन् । कोही हार्मोनियम, मादल, बाँसुरी, डम्फु, खैंजडी र मुजुराले संगीत भर्दै गाइरहेका छन् ।उनीहरूलाई ताली बजाउँदै र नाच्दै महिला(पुरुषहरूले साथ दिइरहेका छन् । झट्ट हेर्दा लाग्छ कुनै दोहोरी वा सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ । तर, गाउने, बजाउने र ताली ठोक्नेहरू सांगीतिक कन्सर्टका व्यावसायिक कलाकारहरू होइनन् । उनीहरू हुन् काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरु । उनीहरूले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । रोचक त के छ भने सरकार विरुद्धको आन्दोलन पूरै सांगीतिक माहोलमा भइरहेको छ । कोही शिक्षकले जादू देखाएर मनोरञ्जन दिइरहेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा हरेक दिन भेला भएर शिक्षक–कर्मचारीहरुले सरकारलाई झकझक्याउन रचनात्मक शैली अपनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर