मुकेश कुमार ठाकुर
धनुषा, चैत्र २७ — धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको सक्रिय पहलमा धनुषाधाम(९, धारापानीमा सर्पदंश उपचार केन्द्र) संचालनको अनुमति प्रदान गरिएको छ। स्वास्थ्य सेवा महाशाखाबाट आवश्यक अनुगमन पश्चात् ‘सर्पदंश उपचार केन्द्र संचालन सम्बन्धि मापदण्ड, २०७७’ को दफा ६ अनुसार अनुमति प्रमाण पत्र जारी गरिएको हो।
सर्पदंश उपचार केन्द्रलाई मिति २०८१ साल चैत्र २२ गतेदेखि २०८५ साल चैत्र २१ गतेसम्मको लागि संचालन अनुमति दिइएको छ।
उक्त प्रमाण पत्र वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। हेमन्त चन्द्र ओझाले हस्ताक्षर गरेर प्रदान गरेका हुन्।
सर्पदंशको जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको धनुषाधाममा यस्तो केन्द्रको स्थापना हुनुले धनुषाधाम तथा वरिपरि नगरवासीहरूमा ठूलो राहत मिल्ने विश्वास गरिएको छ। मेयर मण्डलले यसलाई नगरवासीको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण उपलब्धीका रूपमा व्याख्या गरेका छन्।




