रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिका वडा नं. ९ मा ‘एक नगरपालिका, एक नर्सरी’ कार्यक्रम सुरु

[sharethis-inline-buttons]

 

सबैला नगरपालिका–९, कुसमाहा सतोषरधाममा ‘एक नगरपालिका, एक नर्सरी’ कार्यक्रम सुरु गरिएको छ। नगर उपप्रमुख रहिमा खातुनको विशेष पहलमा संचालनमा आएको यस कार्यक्रमले स्थानियहरूमा उत्साह जगाएको छ।

स्थानीय रबिन्द्र भण्डारीले नर्सरी स्थापना भएकोमा खुशी व्यक्त गर्दै भविष्यमा यसले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। वडा अध्यक्ष मनिष रायले कार्यक्रमको सुरुवातमा उपप्रमुख रहिमा खातुनलाई धन्यवाद दिँदै वडा र नगरका समग्र विकासमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

नगरपालिकाको यो पहलले वातावरणीय सचेतना र हरियाली विकासतर्फ नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर