पर्सा, चैत ३० – वीरगंज महानगरपालिकाको चार किल्लाभित्र आज साँझ ६स्३० बजेदेखि भोलि दिउँसो १२ बजेसम्म कर्फ्यू लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार कुनै पनि प्रकारको हिँडडुल, भेला, जुलुस, सभा र प्रदर्शन गर्न पाइने छैन। आदेश उल्लंघन गर्नेलाई कारवाही हुने प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया




