धनुषा, चैत्र ३१ – नेपाली कांग्रेस प्रतिनिधि सभा, धनुषा निर्वाचन क्षेत्र नं. १(ख)अन्तर्गत धनुषाधाम नगरपालिकाको वडा नं. ८ मा आज १०० दिने वडा स्तरीय विशेष अभियान तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
वडा सभापति दिल बहादुर पाचे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश समिति सदस्य तथा प्रतिनिधि सुरेश ठाकुर रहनुभएको थियो । विशिष्ट अतिथिका रूपमा महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण मण्डल, नगर सभापति चन्द्रदीप यादव, तथा उप(प्रमुख विद्या देवी भुजेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका सभापति, निर्वाचित वडा अध्यक्षहरू, वडाध्यक्षका उम्मेदवारहरू, सक्रिय सदस्यहरू तथा नेपाली कांग्रेसप्रति दीर्घकालीन आस्था राख्दै सहयोग गर्दै आएका वडा नं. ८ का स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम थिङ्गटोलस्थित नेत्रदीप लामाको निजी निवासमा आयोजित गरिएको हो। सहभागीहरूले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउन एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।




