धनुषा २०८२ बैशाख २
मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले जनकपुरधाममा निर्माण हुन लागेको डिलक्स सार्वजनिक शौचालयको शिलान्यास आफैं नगरी ज्येष्ठ नागरिक योगेन्द्र रायबाट गराउँदै नागरिक सम्मानको नयाँ परिपाटीको थालनी गरेका छन्। नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा यादवले जनप्रतिनिधिको भूमिका नीतिगत निर्णयमा सीमित हुनुपर्ने बताए। करिब ३० लाख लागतको शौचालयमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालय, पिशाबघर र स्नानगृह रहनेछ। स्थानीयले मन्त्रीको कदमलाई सराहना गर्दै अन्य नेताहरुलाई पनि यस्तै कार्यशैली अपनाउन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया




