धनुषा – नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेको छ।
नगरपालिकाका सम्पूर्ण वडाबाट आएका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले प्रत्येक वडामा विभिन्न नाराबाजी गरेका थिए।
किसानपुर बजारमा आयोजित कोन सभामा परिणत उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्याशी तथा माओवादी केन्द्र धनुषा जिल्ला अध्यक्ष दिपक यादवले वर्तमान स्थानीय शासनप्रणालीमा व्यापक सुधारको आवश्यकता औंल्याए। उनले भ्रष्टाचारविरुद्ध संघर्ष र जनताको पक्षमा नीतिगत सुधार ल्याउने प्रतिवद्धता जनाए।
कार्यक्रममा विभिन्न वडास्तरका नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। र्यालीले स्थानीयवासीको ध्यान आकर्षित गरेको थियो भने माओवादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्ने संकेत दिएको छ।




