रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनता समाजवादी पार्टी नेपाल, मुखियापट्टी मुसहरनिया गाउँपालिका कार्य समितिको ध्यानाकर्षण

[sharethis-inline-buttons]

जनकपुरधाम, २०८२ बैशाख ७ – मधेश जनबिद्रोह तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र समानुपातिक समावेशी लोकतन्त्रात्मक संरचना स्थापना गर्न अग्रणी भूमिका निर्वाह गर्नु भएका जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम उल्लेख गर्दै नेपाली काँग्रेसका सह(महामन्त्री महेन्द्र यादवले सार्वजनिक कार्यक्रमको क्रममा प्रयोग गरेका शब्दप्रति जनता समाजवादी पार्टी नेपाल, मुखियापट्टी मुसहरनिया गाउँपालिका कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

राजनीतिक संस्कार र शिष्टाचार गुमाउँदै गरिएको अभिव्यक्तिप्रति कार्य समितिले घोर आपत्ति जनाउँदै उक्त अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गरेको छ।

कार्य समितिका अनुसार उपेन्द्र यादवको योगदान सर्वविदित र अविस्मरणीय रहेको उल्लेख गर्दै, समानुपातिक समावेशी प्रणालीमा उत्पीडित समुदायहरू—जसमा मधेशी, दलित, महिला, आदिवासी, जनजाती, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक तथा सीमान्तीकृत समुदायहरू—लाई अधिकार दिलाउने क्रममा उनको नेतृत्व अविस्मरणीय रहेको स्पष्ट गरिएको छ।

नेपाली काँग्रेसकै सहमहामन्त्रीको रूपमा महेन्द्र यादवले पदीय मर्यादा र राजनीतिक शिष्टाचारको ख्याल नगरेको भन्दै, भविष्यमा सार्वजनिक अभिव्यक्तिमा भाषा र सम्मानजनक व्यवहार कायम राख्न आग्रह गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल, मुखियापट्टी मुसहरनिया गाउँपालिका कार्य समितिले भाषा र अभिव्यक्तिको शुद्धता र मर्यादा कायम राख्न सबै नेताहरूप्रति आग्रह गर्दै उक्त विज्ञप्ति सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर