रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पूर्व मन्त्री उमाशंकर अरगरियाद्वारा दुई योजनाको शिलान्यास

[sharethis-inline-buttons]

 

धनुषाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बिदेह नगरपालिका वडा नं. ७ लवटोलीमा दुई वटा विकास योजनाको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित योजनामा डिहबार स्थानमा सामुदायिक भवन निर्माण र पोखरीमा छठ घाट निर्माण कार्य सुरु गरिएको हो।

एक कार्यक्रमबीच सम्पन्न शिलान्यास समारोहमा बिदेह वडा नं. ६ का वडा अध्यक्ष जयराम मण्डल, जिल्ला कमिटी सदस्य नवीन झा, महिला नेतृ दीपिया देवी दास, कमलाका नगर अध्यक्ष दिपेन्द्र यादव, छोटन दाहा, सिवजी मण्डल लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर