रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भारत जम्मुकश्मिरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइपुर्‍याइएको छ

[sharethis-inline-buttons]

११ वैशाख, । भारत जम्मुकश्मिरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल–११ कालिकानगरका सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइपुर्‍याइएको छ । सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्‍याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । आज ९बिहीबार० बिहान सात बज्नै लाग्दा सुदीपको डेथ बडी बेलहिया नाका ल्याइएको थियो । त्यहाँबाट भारतीय पक्षले सुरक्षाकर्मीको रोहवरमा सुदीपका आफन्तलाई शव जिम्मा लगाएको थियो । त्यसपछि शव एम्बुलेन्समा राखेर बुटवल–११ कालिकानगरको मनकामनापथस्थित घरमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर