रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिकामा पहिलोपटक कुकुर तथा जंगली जनावरको टोकाइ विरुद्धको खोप सेवा संचालन

[sharethis-inline-buttons]

धनुषा,१२ बैशाख २०८२ — धनुषाधाम नगरपालिकामा नगर प्रमुख बालेश्वर मण्डलको विशेष पहलमा पहिलोपटक कुकुर तथा जंगली जनावरको टोकाइ विरुद्धको खोप सेवा सुरु गरिएको छ।

नगरबासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै, यस नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा बैशाख महिनादेखि नियमित रूपमा रेबीज विरुद्धको खोप प्रदान गरिएको हो।

नगर प्रमुख बालेश्वर मण्डलले उक्त सेवा लिन नगरवासीलाई अनुरोध गर्नुभएको छ। कुकुर वा अन्य जंगली जनावरको टोकाइबाट हुने सम्भावित जोखिमबाट बच्न यो खोप अत्यन्तै प्रभावकारी मानिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर