धनुषा, — लामो समयदेखि विवादका कारण विकास निर्माण रोकिएको धनुषाको कमला नगरपालिकामा अन्ततः विकासले गति लिन थालेको छ। विशेषगरी हटलेट्वास्थित दलित बस्तीमा अहिले पिपिसी ढलानको काम तीव्र गतिमा भइरहेको छ।
स्थानीय बासिन्दा बुलन दासले खुशी व्यक्त गर्दै भने, म अर्कै पार्टीको भए पनि विकास बर्षौँ पछि हाम्रो आँगनसम्म आइपुगेको छ, यसका लागि म हाम्रा जनप्रतिनिधिलाई धन्यवाद दिन्छु।
नगरपालिकाका उपप्रमुख शिला देवी मण्डलले दुईपटकको जितपछि विकासको प्रतिबद्धता जनाएकी थिइन्। उनले भनिन्, विवादका कारण काम रोकिएको थियो, अहिले बल्ल विकास निर्माण कार्य सुरु भएको छ, म अत्यन्तै खुशी छु।
पत्रकार मुकेश कुमार ठाकुर र उनको टोलीले स्थलगत निरीक्षण गरी निर्माणकार्यलाई सकारात्मक दिशामा अगाडि बढिरहेको प्रत्यक्ष अनुभव गरेका छन्।
कमला नगरपालिकामा अहिले विकास निर्माण कार्यले नयाँ आशा र उत्साह सिर्जना गरेको छ




