सरोज कुमार झा,जनकपुरधाम | २०८२ बैशाख १५
मधेश प्रदेश सरकार, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयको आयोजनामा मामिला व्यवस्थापन तथा प्रेषण प्रणाली सम्बन्धी परामर्श बैठक जनकपुरधाममा सम्पन्न भएको छ। बैठकमा मन्त्रालयका सचिवको अध्यक्षतामा मन्त्रालयका पदाधिकारीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकको संयोजन खेलकुद तथा सामाजिक कल्याण महाशाखाका प्रतिनिधिले गरेका थिए भने माईन्यूट लेखन मन्त्रालय र CMC-नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा सम्पन्न गरेका थिए।
बैठकको सुरुवातमा सचिवज्यूले बैठकको औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो। त्यसपछि स्वागत मन्तव्यसहित बैठकको उद्देश्य प्रस्तुत गरिएको थियो। सहभागीहरूबीच परिचय आदानप्रदान पछि मामिला व्यवस्थापन तथा प्रेषण प्रणालीसम्बन्धी संक्षिप्त प्रस्तुति प्रस्तुत गरिएको थियो। मन्त्रालयले हालसम्म यस क्षेत्रका सम्बन्धमा गरेका प्रयासहरूको बारेमा जानकारी आदानप्रदान गरिएको थियो।
बैठकमा उपस्थित सरोकारवालाहरूबीच विस्तृत छलफल भएको थियो। छलफलबाट विविध विषयमा सहमति तथा आगामी योजनाका विषयमा निष्कर्ष निकालिएको छ। बैठकको अन्त्यमा सचिवज्यूले समापन मन्तव्य दिँदै सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
बैठकमा सहभागी प्रमुख प्रतिनिधिहरूमा चुडामणि प्रमाण (UNFPA), श्रवण कुमार नायक (निर्देशन प्रतिनिधि), राम विनय साह (अधीक्षक, निर्देशन), मुबिल कुमार दास (People In Need), मोमताज राय (DDRe/C), सरोज कइया, होतेल कुमार पाण्डे, विक्रम साह, दिपेन्द्र इमारत, राज चौधरी, आरती मादी (FSW), सरोज के.सी. (फिल्ड सुपरभाइजर अफिसर) र मन्त्री कुमार चौधरी (अफिसर) लगायतका व्यक्तिहरू थिए।




