१६ वैशाख, काठमाडौं । सर्वशक्तिशाली नेता बन्ने चाहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै समकालीन नेताहरूलाई नै अनुयायी भूमिकामा खुम्च्याए र पार्टीको आन्तरिक लोकतन्त्र लगभग औपचारिकमा सीमित गरे । जसकारण लोकतान्त्रिक समाजमा उत्पन्न प्रश्नहरूको सामना गर्न एमालेलाई धौ–धौ परिरहेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको खण्डनमा उत्रन पार्टीका नेता–कार्यकर्तालाई बारम्बार निर्देशन दिँदै आएका छन् । आइतबार, १४ वैशाखमा राजधानीमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रम मार्फत पनि ओलीले विरोधीको आरोपलाई खण्डन गर्न अपिल गरे । पार्टीको औपचारिक निर्णय मार्फत नै एमाले नेता–कार्यकर्तालाई नेतृत्वको रक्षार्थ उभिन पटकपटक निर्देशन गरिएको छ । तर नेतृत्वको रक्षार्थ भन्दा पनि विरोधीलाई बल पुग्नेगरी गतिविधि भइरहेको गुनासो आइतबारको कार्यक्रममा ओलीले गरे । १६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको खण्डनमा उत्रन पार्टीका नेता–कार्यकर्तालाई बारम्बार निर्देशन दिँदै आएका छन् । आइतबार, १४ वैशाखमा राजधानीमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रम मार्फत पनि ओलीले विरोधीको आरोपलाई खण्डन गर्न अपिल गरे । पार्टीको औपचारिक निर्णय मार्फत नै एमाले नेता–कार्यकर्तालाई नेतृत्वको रक्षार्थ उभिन पटकपटक निर्देशन गरिएको छ । तर नेतृत्वको रक्षार्थ भन्दा पनि विरोधीलाई बल पुग्नेगरी गतिविधि भइरहेको गुनासो आइतबारको कार्यक्रममा ओलीले गरे ।आफ्नै नेता–कार्यकर्तासँग यस्तो गुनासो गरेपछि प्रधानमन्त्री ओली सत्ता सहयात्री नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध खनिए । गभर्नर नियुक्तिको सन्दर्भमा थापाले। हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरुको पहुँज प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो’, २ वैशाखमा थापाले भनेका थिए ।
विरोधीको आरोपको खण्डन गर्नुपर्छ,पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो, सही होइन ओली
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




