रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन : सरकारसँग माग गरेका छन् ।

[sharethis-inline-buttons]

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खतिवडाले विद्यालयमा विद्यार्थी पढाउनु पर्ने विद्यार्थीलाई दिनहुँ बानेश्वरमा गीत गाउने अवस्थाको अन्त्य गर्नु पर्ने बताएका हुन् ।बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस छ । शिक्षकलाई दिनहुँ सडकमा निस्किरहेका छन् । गीत गाउँदै बस्नु परेको छ । कहिले उनीहरूमाथि पानीको फोहरा हानिएको छ । यो समाधान होइन, तत्काल विद्यालय पठाउने वातावरण सृजना गरियोस्,’ सांसद खतिवडाले भने । उनले शिक्षकसँग भइरहेको वार्ताबारे सदनलाई जानकारी दिन पनि सरकारसँग माग गरे । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसद्मा आएर जवाफ दिने वातावरण सृजना होस्,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर