४० लाख पाँच सय रुपैयाँको बोलीमा दुई वर्षका लागि ठेक्का पक्का
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा अवस्थित धनुष जनता प्रावि तथा व्यवसायिक शिक्षा विद्यालयले गुदरी बजार तथा माघ मकर मेला सञ्चालनको दुई वर्षे ठेक्का वेचु साहलाई दिएको छ। टेन्डर प्रक्रियामार्फत भएको छनोटमा उनले सबैभन्दा उच्च बोली प्रस्तुत गरेका थिए।
२०८२ साल वैशाख १९ गते, शुक्रबारका दिन विद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो। बैठकको अध्यक्षता समितिका अध्यक्ष विनोद यादवले गरे। बैठकमा वडा नं. ३ का वडा अध्यक्ष जय नारायण यादव,पुर्ववडा अध्यक्ष प्रभु नारायण साह,पुर्ववडा अध्यक्ष राजकिशोर साह,लालु यादव,सरोज कुमार साह,शिवकुमार यादव,दुर्गा सिंह र शिक्षक प्रतिनिधि, सदस्यहरू र आमन्त्रित व्यक्तिहरूको उपस्थिति थियो।
समितिले यसअघि माघ १५ गते बसेको बैठकमा दुई वर्षका लागि ठेक्का दिने निर्णय गर्दै सार्वजनिक टेन्डर आह्वान गरेको थियो। तीन ठेकेदारले बोलपत्र दर्ता गराएका थिए।
वेचु साहले सबैभन्दा बढी — ४० लाख पाँच सय रुपैयाँ —को प्रस्ताव दिएपछि ठेक्का पाएका हुन्।
उनीलाई ७२ घण्टाभित्र २० लाख रुपैयाँ एकमुष्ठ बुझाउने र १०% छुटमा चलन पुर्जी लिने व्यवस्था मिलाइएको छ। यदि निर्धारित समयभित्र बुझाएनन् भने दोस्रो र तेस्रोलाई क्रमशः २४ र १२ घण्टाको समय दिइ प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।




