रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

[sharethis-inline-buttons]

२९ वैशाख, जनकपुरधाम । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका(६ घर भई वीरगञ्ज(१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो । उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर