२९ वैशाख, जनकपुरधाम । पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ बस्दै आएकी ३३ वर्षीया दीपाकुमारी पोख्रेल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलवमा रोजागारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए ।
तपाईको प्रतिक्रिया




