रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सप्तरीमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी : बिजुलीको तार सर्ट भएर भएको अनुमान

[sharethis-inline-buttons]

३० वैशाख, जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । २१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो । आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, पूजाका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मण्डपमाथि टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतमा निभाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर