रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट बीओपी नहुँदा सुरक्षाको चुनौती

[sharethis-inline-buttons]

३० वैशाख, जनकपुरधाम । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ । बिओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताए । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागु औषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ । सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए । ‘हामी सीमामा सचेत भएर बसेका छौँ ओझाले भने । उनले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गरेका थिए ।सीमामा असुरक्षाको महशुस गरेर नै ‘बिओपी’ स्थापनाको आशा राखेर जग्गा दान गरेका थियौँ,’उनले भने ‘जग्गामा बिओपी बनाउने भनेर बजेट पनि विनियोजन भयो, तर प्रदेश मन्त्रालयले काम नगरिँदिदा अघि बढ्न नसकेर सकेन । सशस्त्र प्रहरी बलको उपस्थितिसँगै सीमा क्षेत्रका नेपाली गाउँमा पारीबाट पस्ने हतियारसहितको समूहले रातिको समयमा डकैती, लुटपाट गर्ने पहिलेजस्तो घटना भने रोकिएको स्थानीयवासीको अनुभव छ । स्थानीय दीपेन्द्र बस्नेतले भने,’सीमाका गाउँमा पहिलेको जस्तो डकैती र लुटपाटका घटना रोखिएका छन्, तरपनि बिओपी ठाउँठाउँमा आवश्यक छ,। सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्ट कञ्चनपुरको पश्चिम र दक्षिण सीमाक्षेत्रको १२९।५ किलोमिटर लामो भागका १७ ठाउँमा बिओपी कार्यालय स्थापना भइसकेको बताउँछन् । उनले भने, ‘बिओपी बढाउँदै लैजाने सरकारको नीति छ, सीमामा आपराधिक एवं अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बल सक्रिय भइरहेको छ ।’ सीमा क्षेत्रमा स्थापना भएका बिओपीमा पर्याप्त स्रोत साधनको अभाव हुने गरेको छ । तत्कालीन राजा महेन्द्रको पालामा विसं २०२८मा पुनर्वास कम्पनीमार्फत् कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा जग्गा, रासनपानी, कृषिजन्य औजार उपलब्ध गराएर सयौँ परिवारलाई पुनर्वास गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर