रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला–३ मा १५ दिने ब्युटी पार्लर तालिम सम्पन्न

[sharethis-inline-buttons]

नागेन्द्र महरा, धनुषा — सबैला नगरपालिका वडा नं. ३ मा १५ दिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। सामाजिक विकास केन्द्रको आयोजनामा तथा सबैला नगरपालिका वडा नं.३ को सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

तालिम समापन कार्यक्रममा नगर प्रमुख कारीराम यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतो, वडा अध्यक्ष ताहिर मिया, उद्यम विकास शाखा प्रमुख अजय कुमार साह, र तालिम प्रशिक्षक पिंकी कुमारी साहको उपस्थिति रहेको थियो।

तालिममा २६ जना सहभागी भएका थिए। समापन समारोहमा नगर प्रमुख यादवले सहभागीहरूलाई सिकेको सीप प्रयोग गरी आफ्नै ब्युटी पार्लर सञ्चालन गर्न प्रेरणा प्रदान गर्नुभयो ।

आयोजक संस्थाका अनुसार तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ उन्मुख गराउँदै उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर