७ जेठ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ । मंगलबारको सुनुवाइपछि न्यायाधीश डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो । तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ । रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा। नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।सर्वोच्च अदालत प्रशासनले त्यो निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति तोकेको छैन ।
तपाईको प्रतिक्रिया




