रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हुम्लाको नाम्खा गाउँपालिका तिलका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य

[sharethis-inline-buttons]

७ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् । गत जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले खानेपानीको संरचना समेत क्षतविक्षत भएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका हुन् ।नाम्खा गाउँपालिका– ६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको बताए । ‘कतिबेला धमिलो पानी आउँछ, कतिबेला सफा आउँछ, लामाले भने, पानी त खानै पर्‍यो । सोनाम साङमु लामाले पनि झण्डै एक सातादेखि खोलाको धमिलो पानी खान बाध्य भइरहेको बताए । धमिलो खानेपानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको उनले बताए । हुम्लाको तिलगाउँमा जेठ एक गते राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयका घर, पुल, लघु जलविद्युत् आयोजना लगायतका संरचनामा क्षति पुगेको छ । बस्ती जोखिममा परेपछि तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा पालमुनि बसिरहेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ ई। दिनेश भट्टले मंगलबारको एक कार्यक्रममा तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पुर्‍याइसकेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर