रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

माइतीघर मण्डलामा जारी OBC आन्दोलनको ८१औं दिनमा समाजवादी पार्टीको ऐक्यवद्धता

[sharethis-inline-buttons]

 

काठमाडौं, जेठ ८ – नेपाल पिछडावर्ग (obc) महासंघद्वारा अगुवाइ गरिएको शान्तिपूर्ण आन्दोलन आज ८१औं दिनमा प्रवेश गरेको छ। २०८१ साल फागुन १९ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरू भएको यस आन्दोलनमा महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरको नेतृत्वमा छ बुँदे माग अघि सारिएको छ।

आन्दोलनले मुलधार राजनीतिमा समेत चासो बढाउँदै लगेको अवस्थामा आज नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादव र पार्टीका कार्यकारिणी सदस्यहरू आन्दोलन स्थलमा पुगेर ऐक्यवद्धता व्यक्त गरेका छन्।

उनीहरूले आन्दोलनमा उठाइएका मागहरूलाई न्यायोचित भन्दै सरकारले यथाशिघ्र वार्ताका लागि पहल गर्नुपर्ने बताएका छन्। आन्दोलनकारीहरूले पछिल्लो ८१ दिनदेखि शान्तिपूर्ण तरिकाले आवाज उठाइरहे पनि सरकारले कुनै प्रभावकारी कदम नचालेकोप्रति असन्तोष व्यक्त गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

महासंघले प्रस्तुत गरेका मागहरूमा इद्यऋ वर्गको संवैधानिक मान्यता, समान अवसर सुनिश्चितता, आरक्षण प्रणालीको प्रभावकारी कार्यान्वयन लगायतका मुद्दा समेटिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर