रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाली कांग्रेस क्षेत्र नं.१ को विस्तारित बैठक सम्पन्न, शेरबहादुर देउवा जेठ २२ गते धनुषाधाम आउने

[sharethis-inline-buttons]

धनुषा, जेठ १७ — नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नं .१ अन्तर्गतको क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्षता क्षेत्र नं. १ का कार्यबाहक सभापति जगत सुन्दर साहले गरेका थिए भने प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्वमन्त्री तथा राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुंगाना रहनुभएको थियो ।

बैठकमा प्रदेश सभा सदस्य संजय महतो, धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डल, गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जित नारायण यादव, हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप यादव, उपप्रमुख विद्या देवी भुजेल तथा तुलसा पाण्डे पटेल, सम्पूर्ण नगर सभापति, वडा सभापति, निर्वाचित वडा अध्यक्षहरू, नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका भातृ तथा सुभेच्छुक संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकमा संगठन सुदृढीकरण, आसन्न गतिविधि र पार्टी आमसभा सम्बन्धमा छलफल भएको थियो। सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही जेठ २२ गते धनुषा जिल्लाको धनुषाधाममा आउने कार्यक्रम रहेको जानकारी गराइएको थियोे ।

उक्त अवसरमा धनुषा जिल्लाका सम्पूर्ण पार्टी पंक्ति — जिल्ला कार्यसमिति, भातृ संगठनहरू जस्तै नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, आदिवासी जनजाति महासंघ लगायत सबै नेता तथा कार्यकर्ताहरूलाई गरिमामय उपस्थिति जनाउन नेपाली कांग्रेस क्षेत्र नं. १ कार्यसमितिले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर