रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले गरेआन्दोलन,सर्वसाधारणलाई सास्ती

[sharethis-inline-buttons]

१९ जेठ, काठमाडौ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले सास्ती बेहोरेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले आन्दोलन गरेका हुन् । व्यवसायीहरूले नै बन्द गरेपछि काठमाडौं उपत्यकामा फाट्टफुट्टबाहेक सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् । सवारी साधन नचलेपछि ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन् । सञ्चालनमा आएका गाडीमा सर्वसाधारण कोचाकोच गरेर यात्रा गरिरहेका छन् । बिहानैदेखि सडकपेटी र प्रतीक्षालयमा सर्वसाधारणको भिड लागेको थियो । सर्वसाधारणले सास्ती पाएपछि नेपाल प्रहरीले पनि उपत्यकामा दुई वटा बस सञ्चालनमा ल्याएको छ । सावारी साधन नै बन्द गरेर आन्दोलन गरेपछि सरकारले व्यवसायीहरुसँग वार्ता सुरु गरेको छ । बिहान भएको वार्तामा व्यवसायीहरुले आफ्ना मागहरूका बारेमा गृहमन्त्री रमेश लेखकलाई जानकरी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर