धनुषा — धनुषाधाम नगरपालिका वडा नं। ७ किसानपुर खेलमैदानमा सम्पन्न फुटबल प्रतियोगिताको फाइनल खेलमा रमौल टिमले छिहतरविघहा ९गणेशमान चारनाथ नगरपालिका–१लाई २–० ले पराजित गर्दै उपाधि जितेको छ।
हिजो सम्पन्न फाइनल खेलमा रमौलको उत्कृष्ट प्रदर्शनले दुई गोल गर्दै छिहतरलाई कुनै अवसर नदिई प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल भयो।
प्रतियोगिता अजिम मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका मेयर पदका प्रत्याशी दिपक यादव थिए। त्यसैगरी नगर अध्यक्ष विष्णी यादव, हरि यादव, सन्तोष यादव र इन्जिनियर गङ्गा यादवलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता जेठ १७ गतेदेखि सुरु भएको हो। विजेता टिमलाई नगद १५ हजार रुपैयाँ, शिल्ड तथा मेडल प्रदान गरिएको छ। उपविजेता टिमलाई ८ हजार रुपैयाँसहित शिल्ड र मेडल प्रदान गरिएको छ।
‘म्यान अफ दी म्याच’को उपाधि श्याम यादवले प्राप्त गरेका छन्।
छिहतर टिममा वडा अध्यक्ष श्याम कुमार आलेको पनि सक्रिय सहभागिता थियो। खेलको क्रममा विवाद उत्पन्न हुँदा दुई जना घाइते भएका छन्। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।




