रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनमत पार्टीको संगठन सुदृढीकरण अभियान धनुषाबाट आरम्भ

[sharethis-inline-buttons]

धनुषा, जेठ ३१ – जनमत पार्टीको राष्ट्रिय समन्वय परिषद्को बैठक तथा प्रशिक्षण कार्यक्रम राष्ट्रिय परिषद् अध्यक्ष एवं संगठन विभाग प्रमुख डा। जयकान्त राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम प्रदेश सभाका प्रत्याशी सन्जय कुमार महतो सहितले धनुषा क्षेत्र नम्बर १ अन्तर्गत कविर कुटी, विरेन्द्रबजारमा उद्घाटन गरिएको छ।

कार्यक्रमको उद्घाटन समारोह वृक्षारोपण गरेर गरिएको हो। डा। राउतले प्रशिक्षण र संगठन निर्माणको महत्त्वमाथि प्रकाश पार्दै विचार र कार्यशैलीमा अनुशासन र निष्ठाको आवश्यकता औँल्याए।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा पार्टीको नीति, सिद्धान्त, संगठन सुदृढीकरण, तथा आगामी रणनीति सम्बन्धी विषयमा विस्तृत छलफल भइरहेको आयोजकले जनाएका छन्।

कार्यक्रमले संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउने र जनस्तरसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्य लिएको धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर