रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

घरदैलोमा मेयर यादव:शहिदनगरवासीका गुनासा सुन्दै

[sharethis-inline-buttons]

धनुषा, शहिदनगर ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रुपमा जनगुनासो सुन्ने अभियान सुरु गर्नुभएको छ । नगरबासीको समस्या, सुझाव र आवश्यकताहरू बुझ्ने उद्देश्यले मेयर यादव विभिन्न वडाहरूमा पुगेर नागरिकसँग संवाद गरिरहेका छन् ।

यस अभियान अन्तर्गत मेयर यादवले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, पानी–बिजुली लगायतका विषयमा जनताको गुनासो ध्यानपूर्वक सुन्नुका साथै तत्काल समाधान हुन सक्ने समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नगर प्रमुख यादवले भन्नुभयो, “नगरवासीको विश्वास जित्न र सेवा प्रवाहमा सुधार ल्याउन म आफैं जनतासँगै छु । स्थानीय सरकार जनताको ढोका ढोका पुग्नैपर्छ भन्ने सोचका साथ यो अभियान सुरु गरेको हुँ ।”

स्थानियबासीहरूले मेयर यादवको यो पहलको प्रशंसा गर्दै घरदैलोमा जनप्रतिनिधि पुग्नु सुखद अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर