११ असार, धनुषाधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफलमा छ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको बताए । तर संसदीय दलको बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन । जसपा नेपालका सांसद प्रकाश अधिकारीले पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको बताए । तर संसदीय दलको बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन । यदि जसपा नेपालको संसदीय दलले समर्थन फिर्ता लिए सरकारले राष्ट्रिय सभामा बहुमत गुमाउन सक्छ । ५९ सदस्यीय राष्ट्रिय सभामा १७ सांसदसहित माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी नेपालका ३, लोकतान्त्रिक समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनित सांसद रहेका छन् । यीमध्ये सरकारमा रहेका दल कांग्रेसका १६, एमालेका १०, जनता समाजवादी पार्टी नेपालका ३ र लोकतान्त्रिक समाजवादीको १ जोड्दा ३० पुग्छ । राष्ट्रपतिबाट मनोनित सांसद अञ्जान शाक्य एमाले नजिक भएकाले राष्ट्रिय सभामा सत्तापक्षको ३१ मत छ । प्रतिपक्षमा रहेका दलहरू माओवादीको १७, एकीकृत समाजवादीका ८, राष्ट्रिय जनमोर्चाका १ जोड्दा २६ हुन्छ । मनोनित सांसद नारायण दाहाल माओवादी पृष्ठभूमिको भएकाले सत्तापक्षको संख्या २७ पुग्छ ।





