रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मुख्यमन्त्री सिंहद्वारा ‘धनुष सखुवा’ नामकरण, संरक्षण र प्रचारमा जोड

[sharethis-inline-buttons]

– मुकेश कुमार ठाकुर, धनुषाधाम

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाधामस्थित संरक्षित वन एवं शव डिभिजन वन कार्यालय परिसरमा रहेको सखुवाको पुरानो रुखलाई ‘धनुष सखुवा’ नामाकरण गर्नुभएको छ।

नेपालकै दोस्रो ठूलो र मोटो सखुवा रुखको रूपमा चिनिएको उक्त रूखलाई स्थानीय एवं ऐतिहासिक विशेषतालाई ध्यानमा राखी धनुष सखुवाू नाम दिइएको हो। नामकरण समारोहमा मुख्यमन्त्री सिंहले धनुष सखुवालाई संरक्षण र प्रचारप्रसारमा सबैले योगदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै धनुषाधामको पर्यटन तथा जैविक विविधता प्रवर्द्धनमा यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

उक्त कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादव, शव डिभिजन बन कार्यालयका प्रमुख शंकर नारायण झा, बन परिषद समिति सदस्य, र स्थानियवासीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर