रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहीदनगर–गोठकोहामा सामुदायिक भवनको छत ढलान, नगर प्रमुखको सक्रियता

[sharethis-inline-buttons]

शहीदनगर, असार १८ – शहीदनगर नगरपालिका वडा नं.३ स्थित गोठकोहामा निर्माणाधीन सामुदायिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ। आज मिति २०८२ असार १८ गते, बुधवारका दिन उक्त भवनको छत ढलान कार्य विविध धार्मिक विधिअनुसार पूजासहित सम्पन्न गरिएको छ।

उक्त सामुदायिक भवन नगर प्रमुख दिनेश प्रसाद यादवको विशेष पहलमा निर्माणाधीन रहेको हो। छत ढलान समारोहमा वडा अध्यक्ष मनोज कुमार दास, समाजसेवी नेता शत्रुध्न यादव, सतो यादव, स्थानीय बुद्धिजीवी सहभागिता रहेको थियो।

स्थानीय समुदायको आवश्यक्ता अनुसार बनाइएको यो सामुदायिक भवन बहुपक्षीय प्रयोगका लागि निर्माण गरिँदैछ। सहभागीहरूले नगर प्रमुख यादवको नेतृत्वमा भइरहेको विकासलाई सकारात्मक रूपमा लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर