रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शिक्षामन्त्री रानीको उदासीनताले मधेशको ुबेटी पढाऊँ बेटी बचाऊँ अभियान संकटमा

[sharethis-inline-buttons]

असार १९जनकपुरधाम । मधेश प्रदेश सरकारको गर्विलो योजना मानिएको ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान शिक्षामन्त्री रानी शर्मा तिवारीको लापरवाहीका कारण संकटमा परेको छ। किशोरी लक्षित यो अभियान अन्तर्गत सञ्चालित शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्षभरि ठप्प रहेको छ। संघीय सरकारले ५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरिसकेको भए पनि कार्यक्रम अघि बढ्न सकेन। शिक्षा विकास निर्देशनालयले बैंकहरूसँग टेन्डर प्रक्रिया अघि बढाए पनि मन्त्रालयको निर्देशन नआउँदा बीमा प्रक्रिया रोकिएको हो।शिक्षा विकास निर्देशक महेन्द्र महतोका अनुसार फागुन महिनामै टेन्डर आह्वान गरेर प्राइम बैंक र ग्लोबल आईएमई बैंकलाई सहभागी गराइएको थियो। तर, उनीहरूले माग गरेको प्रिमियम दर अपेक्षाकृत महँगो देखिएकाले मन्त्री र सचिवको सुझाव मागिएको थियो। महतोले भने, निर्देशन नआएपछि कार्यक्रम अगाडि बढाउन सकिएन। विगतमा यही योजना अन्तर्गत ग्लोबल आईएमई बैंकले प्रतिबीमा करिब ३७ हजार रुपैयाँ प्रिमियममा बीमा गर्दै आएको थियो। तर, यसपालि उक्त दर झन्डै तीनगुना पुगेको देखिएको छ। मन्त्रालयले यसमा पहल नगर्दा मधेशका हजारौँ किशोरी बीमा सुविधा पाउनबाट बञ्चित भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर