रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पुर्वधार विकाश कर्यलय, सर्लाहीका डि.इ.विजय कुमार यादवले मेरो योजना बेचेको, मा।हसिना खातुनको आरोप

[sharethis-inline-buttons]

जनकपुरधाम, असार २२ गते । मधेश प्रदेशसभा सांसद हसिना खातुनले पूर्वाधार विकास कार्यालय, सर्लाहीका प्रमुख विजय कुमार यादवमाथि सांसद विकास कोषको योजना बिना जानकारी बिक्री गरेको गम्भीर आरोप लगाएकी छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सांसद खातुनले सर्लाहीको गोडैता नगरपालिका–१० स्थित सिसोटिया झगरु चौकदेखि सुन्दरपुर जाने सडक स्तरोन्नतिको लागि स्वीकृत ३५ लाख रुपैयाँको योजनाबारे कार्यालय प्रमुख यादवले कुनै जानकारी नदिई योजना बिक्री गरेको दाबी गरिन् । उनका अनुसार उक्त योजना उपभोक्ता समिति मार्फत संचालन गरिने भन्ने पत्र आफूसँगै रहेको र समितिको गठन प्रक्रिया अघि बढाउन कार्यालय गएकी थिइन् । तर, योजना दुई दिनअघि नै सम्पन्न भएको सूचना प्राप्त भएपछि उनी स्तब्ध भएको बताइन् । मैले योजना बिक्री कसरी भयो भनेर प्रमुख यादवसँग सोध्दा भेट गरेर कुरा गरौं भने, तर पछि सम्पर्कमा नै आउनुभएन,” सांसद खातुनले द न्यूज होमलाई भनिन् । “सांसद विकास कोषअन्तर्गतको योजना बिना कुनै जानकारी, छलफल र प्रक्रिया योजना कसरी बिक्री गर्न सकिन्छ । सांसद खातुनका अनुसार उनले यसबारे प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जानकारी गराएकी थिइन् । मुख्यमन्त्री सिंहले सांसदको योजना विना सांसदको अनुमती नचलाउन निर्देशन दिएको तर पनि विक्री गरिनु गलत रहेकोले प्रमुख यादवसँग जवाफ माग्ने अश्वासन दिएको बताईन् । यस्तै, खातुनले आफ्नो पार्टी जनमतका संसदीय दलका नेता महेश यादवलाई पनि योजना बिक्रीबारे जानकारी दिएकी थिइन् । नेता यादवले योजना विक्री गरेको सम्वन्धमा स्थानीय जनतालाई सच्चाइ अवगत गराउनका लागि भनेको र कानुनी प्रक्रियामा जान भनेको बताईन् । मेरो सिफारिसमा रहेका पाँच योजनामध्ये चारवटा सफलतापूर्वक सम्पन्न भएका छन्। तर, एउटा योजना किन र कसरी बिक्री गरियो भन्ने अझै अनुत्तरित छ,” खातुनको भनाइ छ । खातुन मधेश प्रदेशमा सर्लाही क्षेत्र नं १ बाट जनमत पार्टीकी प्रदेशसभा सदस्य हुन्। पूर्वाधार विकास कार्यालय सर्लाही यसअघि पनि विवादमा मुछिँदै आएको छ। केही समयअघि यसै कार्यालयका कारण जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र खड्काबीच विवाद चुलिएको थियो। त्यो विवाद सेलाउन नपाउँदै फेरि कार्यालय प्रमुख यादवको अर्को चर्तिकला सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर