रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका,तिमल्सिनालाई १६ वर्षपछि पक्राउ

[sharethis-inline-buttons]

२६ असार, जनकपुरधाम। मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० परिवर्तित नाम लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ ।पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार भएका तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका(२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगरबार पक्राउ गरेको हो । तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर