रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कल्याणपुर नगर प्रमुख रामपुकार साह घुससहित रंगेहात पक्राउ

[sharethis-inline-buttons]

सिरहा — सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। बुधबार अपराह्न नगरपालिकाको कार्यालयमै घुस लिँदालिँदै उनलाई नियन्त्रणमा लिइएको हो।

अख्तियारका अनुसार, नगर क्षेत्रभित्र २० लाख रुपैयाँको लागतमा निर्माण भएको नालाको योजनामा साहले उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन माग गरेका थिए। समितिले सो रकम दिन नसक्दा मेयर साहले योजनाको चेक रोकेका थिए।

लगातारको दबाबपछि अन्ततः मेयर साहले चेक लैजानुअघि कम्तीमा एक लाख रुपैयाँ बुझाएपछि मात्र चेक दिनेु सहमति गरेका थिए। बाँकी रकम योजनाको खातामा आएपछि बुझाउने भनिएको थियो। सोही लेनदेनको क्रममा अख्तियारको टोलीले मेयर साहलाई घुससहित नियन्त्रणमा लिएको हो।

साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए।

यसअघि कल्याणपुरका तत्कालीन नगरप्रमुख सूर्यनाथ मण्डलसमेत घुस प्रकरणमा मुछिएर कार्यकाल नपुगी निलम्बनमा परेका थिए। कल्याणपुर नगरपालिकामा लगातार दुई कार्यकालका प्रमुख नै भ्रष्टाचार प्रकरणमा मुछिनु भने स्थानीय तहको सुशासनप्रति गम्भीर प्रश्न खडा भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर