रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश सरकार विरुद्ध प्रदर्शन तयारी, समाजवादी युवा संघद्वारा वृक्षारोपण र भेटघाट कार्यक्रम

[sharethis-inline-buttons]

धनुषा, साउन ८ – समाजवादी युवा संघ नेपाल, धनुषाले साउन ११ गते मधेश प्रदेश सरकार विरुद्ध हुने वृहत विरोध प्रदर्शनको तयारीलाई तीव्र पारेको छ।

मिथिलाबिहारी नगरपालिकामा श्री मिथिलाबिहारीजिको दर्शन पश्चात वृक्षारोपण कार्यक्रम गर्दै पालिका अभियानको औपचारिक शुरुआत गरिएको हो।

जिल्ला संयोजक मदन कुमार साहको नेतृत्वमा मिथिलाबिहारी, धनुषाधाम, गणेशमान चारनाथ र सबैला नगरपालिकाका नगर अध्यक्ष तथा अग्रज नेता–कार्यकर्तासँग विरोध प्रदर्शनबारे छलफल र समन्वय गरिएको छ।

संघले प्रदेश सरकारको जनविरोधी कार्यशैलीविरुद्ध जनमत निर्माण गर्न सघन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर