कंचन ठाकुर,धनुषा / श्रावण ९ ।
जनमत पार्टीका नेता तथा धनुषाधाम नगरपालिकाका मेयर उम्मेदवार अमृत महतोले मधेश प्रदेश सरकार र मुख्यमन्त्री सतिश सिंहप्रति सामाजिक सञ्जालमार्फत कडा प्रश्न उठाएका छन्।
फेसबुकमा पोस्ट गर्दै महतोले प्रदेश सरकारको प्रभावकारीता र कार्यान्वयन क्षमतामाथि गम्भीर शंका व्यक्त गरेका छन्। उनले लेखेका छन् —
“१. च्बउष्म ब्अतष्यल त्भबm बनाउनु भयोरु
२. कृषि मन्त्री र मुख्यमन्त्री स्वयं कति वटा जिल्ला र पालिकामा पुग्नुभयोरु कहाँ म्भभउ द्ययचष्लन वा ट्युबवेलको आवश्यकता छ भनेर यकीनका साथ निरीक्षण गरी निर्देशन दिनुभयोरु
३. मधेश प्रदेशका कृषि तथा सिँचाइ मन्त्री को हो, कहाँ छन्, कसैले देख्नुभएको छरु”
महतोले प्रदेश सरकारबाट लगातार हुने “घोषणावाजी” को आलोचना गर्दै प्रश्न गरेका छन् —
फेसबुकमा स्टाटस लेख्नु बाहेक तपाईंहरूले ठोस रूपमा के गर्नुभयोरुू
सिंह नेतृत्वको सरकारप्रति आफ्नै पार्टीका नेताबाट आएको यो प्रश्नले प्रदेश सरकारले किसान, सिँचाइ र मौसमी संकटजस्ता ज्वलन्त विषयमा अपेक्षाअनुसार काम गर्न नसकेको संकेत दिएको छ।
जनताको समस्या प्रत्यक्ष रूपमा बुझेको दावी गर्दै महतोले अब सरकारको ध्यान घोषणाू भन्दा कृयाशीलताू मा जान जरुरी रहेको उल्लेख गरेका छन्।




