रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरमा सांसद मनिष झा र मुख्यमन्त्री सतिस सिंहबीच भेट

[sharethis-inline-buttons]

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले आज बिहान जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहसँग भेटघाट गरेका छन्।

भेटमा मधेसमा जारी खडेरी, कृषकका समस्या, मलको अभाव लगायत समसामयिक विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।

सांसद झाले संघीय सांसद र पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

साथै उनले मुख्यमन्त्री सिंहको शालीनता, भद्रता र केही गरौं भन्ने हुटहुटी आफूलाई मन परेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर