रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

अधिवक्ता स्वागत नेपालले जेन–जी पुस्तालाई आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रोकेरै छोड्नुपर्ने सुझाव

[sharethis-inline-buttons]

१असोज जनकपुरधाम । अधिवक्ता स्वागत नेपालले जेन–जी पुस्तालाई आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रोकेरै छोड्नुपर्ने सुझाव दिएका छन्। उनले प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा आन्दोलनमा युवामाथि धोका भएको भन्दै अब हुने निर्वाचनमा सहभागी नहुन र हुनै नदिन आग्रह गरे। नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागलाई सरकारले कुल्चिएको आरोप लगाउँदै भने, “युवाको रगत पानी बनाएर पिउनेहरू सांसद खरिद–विक्री गर्ने पुरानै खेललाई निरन्तरता दिन खोजिरहेका छन्। उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कानुन व्यवसायीहरुलाई पदको लोभमा युवाको बलिदानलाई बेवास्ता गरेको आरोपसमेत लगाए। साथै, नेपालले राजसंस्थाको पक्षमा देशव्यापी बहुमत बन्दै गएको दाबी गर्दै भने, “राजा षड्यन्त्र गरेर होइन, जनताले बोलाएर स–सम्मान फर्कनेछन्। उनको यो भनाइ जेन–जी आन्दोलनपछिको चुनावी माहोलमा थप विवाद र तरंग ल्याएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर