रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

श्री कुम्हरा युवा क्लबद्वारा खुला पहलमानि प्रतियोगिता सम्पन्न, सहयोगी एवं योगदानकर्तालाई सम्मान

[sharethis-inline-buttons]

धनुषाको धनुषाधाम नगरपालिका–८ कुम्हरामा श्री कुम्हरा युवा क्लबको आयोजनामा छठको उपलक्ष्यमा जारी खुला पहलमानि (कुस्ती) प्रतियोगिताको दोस्रो दिनको समापन कार्यक्रम सम्पन्न भएको छ। क्लबका अध्यक्ष तथा पत्रकार मुकेश कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले सल्लाहकार परिषद सदस्य तथा श्री प्रगतिशील आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष असर्फी भिन्वार यादव, माओवादी केन्द्र धनुषा सह–इन्चार्ज झल्कु भिन्वार यादव, जगदीश यादव, मंचु यादव , पवन यादव, लक्षमण यादव, मनोज बनरैत, सरोज यादव, सनित यादव लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा बुद्ध पाठशाला प्रमुख रामपुर यादव, व्यापारी सोनेलाल नायक, क्रेटिभ स्कुल, संराइज स्कुल, भिजन एकेडेमी, सुपर सेन्स स्कुल, र मिथिला समाजका प्रतिनिधिहरूलाई क्लबले सम्मान गरेको थियो।

साथै कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी बल सर्सा प्रमुख, नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन सिंह, वडा अध्यक्ष मनोज कुमार यादव, तथा क्लबका सदस्य jenz लिडर रमेश यादव, सतिश यादव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै क्लबले चन्दा दाता, सहयोगकर्ता तथा उल्लेखनीय योगदान पुर्‍याउनेलाई सम्मान सहित कृतज्ञता व्यक्त गरेको छ।
यस सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रति श्री कुम्हरा युवा क्लबका अध्यक्ष मुकेश कुमार ठाकुरले हार्दिक धन्यवाद प्रकट गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर