रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिकामा जेन–जि समूहको नयाँ कार्यसमिति गठन

[sharethis-inline-buttons]

धनुषा । धनुषाधाम नगरपालिकामा युवाहरूको भेलाले स्वतन्त्र युवा जेन–जि समूहको नयाँ कार्यसमिति गठन गरेको छ । भेलामा उपस्थित सदस्यहरूले सर्वसम्मत रूपमा समितिको पुनर्गठन गर्दै नगरस्तरमा युवालाई एकताबद्ध र सक्रिय बनाउने निर्णय गरेका छन् ।

नवगठित समितिको संयोजकमा कुमार नायक, अमन खड्का, जित नारायण यादव, नागेन्द्र महरा, अन्कित मण्डल र साजन साह चयन भएका छन् ।
त्यस्तै, सह–संयोजकमा रोशन दास, धनिकलाल साह, राकेश श्रेष्ठ, अविशेष दाहाल, दिलीप दास, शिव महतो र राकेश यादव रहेका छन् ।

भेलाले इन्जिनियर महेश यादवको नेतृत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यक्रममा स्थानीय युवा, समाजसेवी र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले नयाँ समितिलाई शुभकामना दिँदै सुशासन, सामाजिक एकता र भ्रष्टाचारविरुद्ध एकजुट भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेलाले नगरका सबै वडामा जेन–जि समूह गठन गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर