रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

संसदीय पत्रकार मञ्च मधेस प्रदेशको नयाँ कार्यसमिति गठन

[sharethis-inline-buttons]

धनुष टिभी ,जनकपुरधाम ।
मधेस प्रदेशमा कार्यरत पत्रकारहरूको साझा संगठन संसदीय पत्रकार मञ्च, मधेस प्रदेशको गठन भएको छ।
जनकपुरधाममा सम्पन्न भेलाले निरञ्जन साहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

नवगठित समितिमा प्रमोद साह वरिष्ठ उपाध्यक्ष, प्रतिमा झा महिला उपाध्यक्ष, नवीन मिश्र उपाध्यक्ष, मुकेश कुमार ठाकुर सचिव, ज्योति झा कोषाध्यक्ष, र कुलदीप दास सहसचिव चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा ललन साह, मनोज कुमार मोरवैता, विनोद महतो, गिरिजानन्द साह, धिरेश दत्त, खा आलम, नागेन्द्र महरा, बिनिता कामत, बिरेन्द्र कर्ण र राजेश महतो रहेका छन्।

सल्लाहकार समितिमा कुशेश्वर उपाध्याय,राजेश कुमार कर्ण, कमल साह, श्रीनारायण साह, सुरेश कुमार झा, कैलाश दास, आतिष मिश्र र प्रेम चन्द्र झा रहने निर्णय गरिएको छ।

भेलामा सहभागी पत्रकारहरूले नयाँ कार्यसमितिप्रति शुभकामना व्यक्त गर्दै मञ्चले मधेस प्रदेशको पत्रकारिता, लोकतन्त्र र सुशासन सुदृढीकरणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर