रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

माओवादी केन्द्रले मधेश प्रदेशमा भरत शाहलाई पुनः दलका नेता चयन

[sharethis-inline-buttons]

धनुष टिभी,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मधेश प्रदेशसभामा पार्टीको संसदीय दलको नेता पुनः भरत शाहलाई चयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट मंगलबार जारी पत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार भरत शाहलाई पुनः दलको नेता तोकिएको उल्लेख गरिएको छ। उक्त निर्णयको जानकारी र कार्यान्वयनका लागि पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ।

माओवादी केन्द्रका तर्फबाट शाह मधेश प्रदेशसभामा निरन्तर नेतृत्व गर्दै आएका छन्। पार्टीले यसअघि पनि शाहकै नेतृत्वमा संसदीय दल सञ्चालन गरेको थियो।

पत्रमा महासमिती आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर