रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पूर्व वडा अध्यक्ष सन्जिव यादवलाई पितृशोक

[sharethis-inline-buttons]

धनुषा, २७ कात्तिक ।
धनुषाधाम नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष तथा स्वतन्त्र मेयर प्रत्याशी सन्जिव यादवलाई पितृशोक परेको छ। उनका पिता ६७ वर्षीय विशेश्वर यादवको काठमाडौँस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि लिभरको समस्याबाट पीडित विशेश्वर यादवको अवस्था गम्भीर भएपछि काठमाडौँ लैजाइएको थियो। उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ।

स्वर्गीय यादवका तीन छोरा ,एक छोरी सन्जिव यादव, इन्द्रजित यादव र रामकला यादव प्रदीप यादव छन्। उहाँको निधनले सम्पूर्ण परिवार शोकाकुल बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर