रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा eSewa डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

 

धनुषाको धनुषाधाम — पञ्चमुखी हनुमान मन्दिर सभाहलमा eSewa जनकपुरधाम शाखाद्वारा “Digital Financial Literacy for Entrepreneurial Decision-Making & Income Earning” कार्यक्रम स्थानीय व्यवसायी, समाजसेवी र व्यापारीहरूको सहभागीता सहित सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश ठाकुर, केन्द्रबाट प्रविन सत्‍याल, अनिश बी.क उपस्थित थिए। सहभागीहरूलाई डिजिटल वित्तीय सेवा, सामाजिक सुरक्षा कोष, डिजिटल ठगी, बिमा, ऋण प्रक्रिया र सुरक्षित डिजिटल व्यवहारसम्बन्धी जानकारी तथा परामर्श प्रदान गरिएको थियो।

कार्यक्रम eSewa मधेश प्रदेशका संयोजक आदित्य मिश्र र जनकपुर शाखा टोलीले सफलतापूर्वक सञ्चालन गरेका थिए। रेडियो धनुषका सञ्चालक तथा उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश कुमार ठाकुर विशेष उपस्थित थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर