रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाममा व्यवसायिक कुखुरा पालक किसानहरूको अन्तरक्रिया सम्पन्न

[sharethis-inline-buttons]

जनकपुरधाममा व्यवसायिक कुखुरा पालक किसानहरूको अन्तरक्रिया सम्पन्न भएको छ।

जनकपुरधाम, मंसिर २४ गते
धनुषा जिल्ला जनकपुरधामस्थित Java Junction Hotel मा Hi Chicks I Ferd Suppliers (दादा), Irfan Poultry (Jabeel) तथा Asian Feeds Pvt. Ltd. को संयुक्त आयोजनामा व्यवसायिक कुखुरा पालक किसानका लागि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

“कार्यक्रममा एशियन फिड्स प्रा.लि. तर्फबाट नेशनल सेल्स हेड डा. योगेश्वर प्रसाद मिश्र, डिभिजनल सेल्स हेड डिकरबिन राई, कमिन इन्डस्ट्रीजबाट रिजनल टेक्निकल मेनेजर गोरख राज, रिजनल सेल्स मेनेजर सविना, टेक्नो कमर्सियलबाट सनमान, टेक्नो कमर्सियलका डा. निराजन पाठक तथा टेक्निसियन विवेकानन्द दासको विशेष उपस्थिति रहेको थियो।”

विप्लव सिंहको अध्यक्षता र करिब पाँच दर्जन किसानहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा कुखुरा व्यवसायका अवसर, चुनौती र प्रविधिमुखी विकासबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी किसानहरूले कुखुरामा देखिने रोग व्यवस्थापन, खोरको सरसफाइ, दाना मूल्यवृद्धि, बजारमा हुने मूल्यअनिश्चितता, गुणस्तरीय भ्याक्सिन पहुँच लगायतका समस्याहरू खुलेर राखे। उनीहरूले कुखुरा पालन व्यवसायलाई दीगो, सुरक्षित र आकर्षक बनाउन स्थानीय तथा प्रदेश सरकारको ठोस ध्यान आवश्यक रहेको माग गरे।

अध्यक्ष विप्लव सिंहले प्रदेशमा कुखुरा व्यवसाय अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै किसानलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय भ्याक्सिन, आधुनिक प्रविधि र बजार पहुँच सुनिश्चित गर्न सरकारी निकायलाई आग्रह गरे। “खेतीपातीभन्दा छिटो आम्दानी दिने व्यवसाय भएकाले यसलाई व्यवस्थित र नीतिगत रूपमा प्रवर्द्धन गर्न राज्य जिम्मेवार हुनुपर्छ,” उनले बताए।

कार्यक्रमका प्रशिक्षक पशु चिकित्सक मोहमद सलमानले सामान्यदेखि जटिल रोगहरूको पहिचान, खोप तालिका, पोषण सन्तुलन, जैव–सुरक्षा, औषधि प्रयोगका सावधानी, आधुनिक पञ्जा प्रणाली र दाना उत्पादनका आधुनिक विधिबारे विस्तृत प्राविधिक जानकारी दिए।

संयुक्त आयोजनामा सञ्चालन गरिएको यस कार्यक्रमले कुखुरा पालक किसानलाई नवीन ज्ञान, व्यवहारिक सीप तथा व्यवसायिक आत्मविश्वास प्रदान गर्दै प्रदेशमा कुखुरा व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर