रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा–१ मा सुस्त मतदान अहिलेसम्म २० हजार मात्र मत खस्यो

[sharethis-inline-buttons]

धनुषा । धनुषा जिल्ला को प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा मतदान अपेक्षाकृत सुस्त देखिएको छ। प्राप्त जानकारीअनुसार अहिलेसम्म करिब २० हजार मत मात्र खसेको छ।
बिहानदेखि नै मतदान प्रक्रिया सुरु भए पनि केही मतदान केन्द्रमा मतदाताको उपस्थिति अपेक्षाकृत कम देखिएको हो। निर्वाचन अधिकारीका अनुसार सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
दिउँसोपछि मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर