रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा मतगणनाको तयारी, सेनाको सुरक्षामा मतपेटिका संकलन सुरु

[sharethis-inline-buttons]

२१ फागुन, धनुषाधाम —

धनुषा जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएसँगै मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ पठाइँदैछ।

प्राप्त जानकारी अनुसार मतपेटिका नेपाली सेनाको विशेष सुरक्षामा सम्बन्धित मतदान केन्द्रबाट ल्याउने कार्य सुरु गरिएको हो। सुरक्षाकर्मीको निगरानीमा मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा पुर्‍याइँदैछ।

सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि मतगणना प्रक्रिया सुरु गरिने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर