२२ फागुन, काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् । निर्वाचन आयोगले तत्काल निर्णय दिने बताएको छ । ‘स्याङ्जा, धनुषा र दोलखा विवादको विषयमा छलफल गर्न केहीबेरमा आयोगको बैठक बस्छ र तत्काल निर्णय दिन्छ’ आयोगको उच्च स्रोतले भन्यो ।’ दोलखाको मालुमा विवाद भएको थियो । विवादपछि मतदान स्थगित भएको थियो । पछि माइकिङ गरेर मतदानका लागि बोलाइएको थियो । यो क्षेत्रमा राजनीतिक दलहरूले समेत निर्वाचन आयोगले उचित निर्णय दिनुपर्ने बताइरहेका छन् । दोलखामा रास्वपाबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का, राप्रपाबाट प्रवीणकुमार थोकर तामाङलगायत उम्मेदवार रहेका छन् ।
स्याङ्जा, धनुषा र दोलखामा विवाद टुंगिन सकेन, आयोगको निर्णयको पर्खाइ
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




